क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिका सँग भागिन

रौतहट / रौतहटमा एक २२ वर्षीया महिला गाउँकै क्वारेन्टाइनबाट रौतहटको कटानी बस्ने प्रेमीसँग फरार भएको आरोपमा बारा प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा राखेको छ । घटना हो बाराको निजगढ नगरपालिका वडा नम्बर १२ को ।

उनलाई दुई जना महिला सुरक्षाकर्मीको निगरानीमा निजगढको गौरीशंकर क्याम्पसको क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए। उनी क्वारेन्टाइनमा बस्दै आएको अवस्थामा वैशाख ११ गते दिउँसो १ बजे रौतहटका प्रेमीसँग फरार भएकी थिइन्। आफ्नी ठूली दिदीसँग क्वारेन्टाइनमा बस्दै आएकी ती महिला २ सन्तानकी आमा भएको र २ वर्ष पहिले श्रीमानसँग सम्बन्ध विच्छेद् भइसकेको खुलेको छ। रेन्टाइनबाट भागेको दिदीले थाहा पाएपछि वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेलाई जानकारी गराएकी थिइन्।

प्रहरीले दुवैलाई सोही वडाको भरतगंज सिघौलको गेट नजिकबाट राति २ बजे भागेकै दिन पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। काठमाडौंमा डेरा गरी बस्दै आएकी महिला ठूली दिदी वैदेशिक रोजगार कुवेतबाट फर्केपछि उनीसँगै बस्दै आएकी थिइन्।

त्यही समयमा लकडाउन शुरु भएपछि तीन दिन पैदल हिँडेर दिदी बहिनी बारा पुगेपछि बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने नियम अनुसार क्वारेन्टाइनमा राखिएको थियो।प्रेमी युवक पनि उनीहरुसँगै काठमाडौंबाट हिँडेर रौतहट गइरहँदा बाटोमा दुवैबीच चिनजान र नम्बर आदानप्रदान हुँदै प्रेममा परेका थियो। क्वारेन्टाइनमा बसे तापनि ती महिलाले प्रेमीसँग दिनहुँ फोनमा कुराकानी गरिरहेको भेटिन्थिन्।

वैशाख ११ गते ती महिला पर्खाल नाघेर उनीसँग भागेकी थिइन्। क्वारेन्टाइनमा बसेकी महिलालाई भगाउने युवकलाई बारा प्रहरीले रौतहट कटानीका वडाध्यक्षको जिम्मा लगाएर घर पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित