स्वदेशी औषधि खरिद गर्न आग्रह

काठमाडौँ / कोरोना महामारीको समयमा समाचार सङ्कलनमा खटिएका पत्रकारका लागि नेपाल औषधि उत्पादक सङ्घले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । सङ्घका अध्यक्ष अध्यक्ष नारायणबहादुर क्षेत्रीले स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यलाई सर्जिकल मास्क, ग्लोब्स, ह्याण्ड स्यानिटाइजर सामग्री मङ्गलबार हस्तान्तरण गर्नुभएको हो । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा उपस्थित पत्रकारलाई मञ्चको तर्फबाट सामग्री वितरण भएको थियो ।

सङ्घका अध्यक्ष क्षेत्रीले कोरोना महामारीविरुद्ध अगाडि खटिएर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो । उहाँले नेपालमा नै कोरोनासम्बन्धी औषधि उत्पादन भएकाले सरकारले स्वदेशी औषधिको खरिद गर्नुपर्ने बताउनुभयो ।
मञ्चका अध्यक्ष आचार्यले ती सामग्रीले पत्रकारको सुरक्षाका लागि सहयोग पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित