दादुरा–रुवेलाको खोप लगाइँदै

धादिङ / बन्दाबन्दीका बेला गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएका कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ । बन्दाबन्दीकै अवधिमा बेनिघाटरोराङ गाउँपालिका–६ मा दादुरा–रुवेलाले १५० बिरामी परे भने दुई जनाको मृत्यु भयो । गजुरी गाउँपालिका–२ डुडेठाँटी र चम्पाराङमा दादुरा–रुबेला फैलिँदा १२ बिरामी भएका छन् ।

नेपाल सरकारले दादुरा–रुवेला फैलिएका गाउँपालिकाभर दादुरा–रुबेला खोप लगाउने भएको हो । यससँगै जुकाको औषधि र भिटामिनसमेत खुवाइने कार्यक्रम रहेको गजुरी गाउँपाकिला स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताउनुभयो ।

छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका गजुरी गाउँपालिकाको ७६ खोप केन्द्र बनाएर आठ हजार ९७९ लाई र बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर १२ हजारलाई खोप लगाइने कार्यक्रम रहेको छ । खोप कार्यक्रम २४ गतेसम्म सञ्चालन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित