बीपी प्रतिष्ठान परिसरमा १ सय बेडको कोभिड -१९ अस्पताल सञ्चालनमा : मुख्यमन्त्री राईद्वारा निरीक्षण

धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानको हाडजोर्नी पुनस्र्थापना केन्द्रमा स्थापना भएको कोरोना भाइरस (कोभिड १९) उपचार केन्द्रको आज प्रदेश सरकारले निरीक्षण गरेको छ । प्रदेशन नं. १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतको टोलीले निर्माण सम्पन्न भएको कोरोना उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको हो ।

निरीक्ष्ँणपश्चात बोल्दै मुख्यमन्त्री राईले कारोना भाइरसको संक्रमण प्रदेश नं. १ मा बृद्धि भएपनि प्रदेश सरकारले हरतरहले सावधानी अपनाउने काम गरेको बताउनुभयो । उहाले एक हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन लागिएकोमा मुख्यमन्त्री राईले नवनियुक्त उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई धन्यवाद समेत दिनुभयो । उहाले १ नं प्रदेशमा जति जोखिम भए पनि सावधानी उत्तिकै अपनाएकोले कसैले यसमा आत्तिनुपर्ने अवस्था नआएको बताउनुभयो ।

उहाले एक नं. प्रदेशको पनि उदयपुर सबै भन्दा बढी कोरोना संक्रमणा भएको जिल्ला भएकोले त्यस क्षेत्रमा टेष्टको दायरा बढाएको बताउदै अहिले पनि धमाधम परीक्षण भइरहेको बताउदै टेष्टका आधारमा आवश्यक देखिए उदयपुरमा कोरोना अस्पताल निर्माण गर्ने बताउनुभयो ।

१३ वटा आइसुलेट वेडसहित १ सय बेडको सञ्चालनमा आएको कारोना उपचार केन्द्रको भवनबाहेक अरु कही पनि कोरोना उपचारका काम नहुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताउनुभयो । उहाले सुरक्षाका अधिकत्तम मापदण्ड परिचालन गरी सञ्चालनमा ल्याइने बताउदै विरामीबाट हुने संक्रमणको जोखिमलाई मध्यनजर गरेर उपचारमा संलग्न चिकित्सकहरुलाई पिपिईसंगै रोगसंग लड्नसक्ने रोगप्रतिरोधात्मक औषधिको प्रयोग गरिने बताउनुभयो ।

यो उपचार केन्द्रमा कोरोनाको प्रकृति अनुसार विरामीलाई राखिने बताइएको छ । प्रतिष्ठानका सह–प्रवक्ता ड. अशोक ऐयरले संक्रमण भएका विरामीको प्रकृति हेरी विरामीलाई राखिने व्यवस्था गरिएको बताउनुभयो ।

पछिल्लो समय प्रदेश नं. १ नै कोरोनाको जोखिम क्षेत्र बन्दै गएपछि यसमा प्रदेश सरकारको ध्यान यस तर्फ केन्द्रीत भएको छ । कोरोनाको संक्रमणको जोखिम न्यूनिकरण गर्न निर्माण गरिएको कोरोना उपचार केन्द्रमा आवश्यकता अनुसार वेडको विस्तार गर्दै लगिने जनाइएको छ । प्रतिष्ठान हाताभित्र हाडजोर्नी विभागको पुनस्र्थापना केन्द्रमा निर्माण गरिएको कोरोना उपचार केन्द्र सञ्चालनमा आएपछि जोखिम न्यूनिकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित