बीपी प्रतिष्ठानमा १०० बेडको कोरोना उपचार केन्द्र सञ्चालनमा आउने

धरान / कोरोनाको संक्रमणलाई ध्यानमा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । यसका लागि प्रतिष्ठानले हाडजोर्नी विभाग मातहतमा रहेको पुर्नस्थापना केन्द्रलाई एक सय बेडको कोरोना उपचार केन्द्र निर्माण गरी वैसाख १४ देखि सञ्चालनमा ल्याउने तयारीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताएका छन् ।

अस्पतालको आइतबार विहान ११ बजे एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा सो अस्पताल सञ्चालनमा ल्याउन लागिएको बीपी प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

१ सय वेडको कारोना उपचार केन्द्रमा १० बेड भने आइसुलेसनसहितको हुने उहाले जानकारी दिनुभयो । प्रतिष्ठानको हाडजोर्नी विभागमा रहेको पुनस्र्थापना कन्द्रमा सञ्चालन हुन लागेको कोरोना उपचार केन्द्र आवश्यकता अनुसार बेडको संख्या बढाउदै जाने उपकुलपति डा. गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित