बेलायतले तयार पार्यो कोरोनाविरुद्ध भ्याक्सिन, दुई जना संक्रमितमा परीक्षण

बेलायतले पहिलो पटक दुई जना कोरोना संक्रमितलाई भ्याक्सिन दिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा उक्त भ्याक्सिन दुईजना संक्रमितलाई दिइएको हो । भ्याक्सिन अक्सफोर्डमा नै तयार पारिएको र पहिलो पटक स्वयंसेवकलाई दिइएको बीबीसीले जनाएको छ । उक्त भ्याक्सिन परीक्षणको रुपमा दिएको पनि बिबिसीले उल्लेख गरेको छ । भ्याक्सिन भविष्यमै थप ८ सय जनालाई भ्याक्सिन दिइने बताइएको छ । कोरोना भाइरसको महममारी तीव्र रुपमा बेलायतमा पनि फैलिन थालेपछि तीन महिनामा उक्त भ्याक्सिन तयार पारेको बताइएको छ ।

योसमाचार तयार पार्दासम्म बेलायतमा कोरोना भाइरसका कारण १८ हजार ७ सय ३८ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३८ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित