बिहे गर्दा ५ जना मात्रै सहभागी हुन पाउने

कञ्चनपुरः कञ्चनपुरमा विवाहमा सहभागी हुँदा पाँच जनाभन्दा बढी सहभागी हुन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरेर बिहेमा समाजिक दुरी कायम गर्नेगरी अधिकतम् पाँचजना मात्र सहभागी हुन अनुरोध गरेको छ। साथै प्रशासनले बिहेमा कोरोनाको जाखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्न समेत आग्रह गरेको छ।

त्यस्तै जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको कञ्चनपुर प्रशासनले जनाएको छ। सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले जनाएका छन्।

जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित