लकडाउन समयको सदुपयोग गर्दै पिसजाेनले सुरु गर्‍यो अनलाइन कक्षा

इटहरी / सुनसरीकाे इटहरीमा रहेकाे पिसजाेन माध्यमिक विद्यालयले अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विद्यालयका भाईस प्रिन्सिपल बिनय दाहालले जानकारी दिएका छन् ।

कक्षा सुरू भएकाे एक हप्ता जति भइसकेकाे र लकडाउन लम्बिदै गए सबै कक्षाहरूकाे अनलाइनबाट पठनपाठन गर्ने तयारी भइरहेकाे दाहालकाे भनाइ रहेकाे छ । विद्यालयले १० र ११ कक्षाका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट पढाउन शुरु गरेपछि शिक्षकले समय छुट्याएर कक्षा शुरु गरिएकाे बिद्यालयका प्रिन्सिपल केशबप्रसाद भट्टराईले बताएका छन् ।

विद्यार्थीलाई दैनिक ४५ मिनेटकाे सम्म कक्षा अनलाइनको माध्यामबाट शुरु गरिए हाे । विद्यालयले अनलाइन कक्षा शुरु गरेपछि विद्यार्थीका लागिसमेत सहज भएको र एसइइ दिन नपाएका विद्यालयका लागि विषेश कक्षा सञ्चालन हुने समेत भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित