लक डाउनको सदुपयोग गर्दै सुनसरीका शिक्षक

इटहरी / विश्वभर फैलिएकाे काेराेना भाइरसकाे संक्रमण फैलिन नदिने उदेश्यले गरिएकाे लकडाउनलाइ सुनसरीका शिक्षकहरूले सदुपयोग गरेका छन् । प्रविधिमैत्री शिक्षक समाज सुनसरीका शिक्षकहरु बन्दाबन्दीको सदुपयोग गर्दै चैत २५ गते देखि इन्टरनेटकाे प्रयाेग गरी दैनिक २ घण्टाकाे कम्पुटर सम्बन्धी तालिम सम्पन्न गरेका हुन् ।

कक्षाकोठालाई प्रविधिमैत्री बनाउने उद्धेश्यका साथ संचालन गरिएको उक्त तालिमले शिक्षकको पेशागत दक्षता अभिवृद्धि हुने र सिकाइमा सहजिकरण हुने समाजका अध्यक्ष विष्णु दाहाल बताउँछन् । शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुखले प्रविधि लाई अगाल्नु आजका शिक्षकको अनिवार्य आवश्यकता भएको बताए । सात ओटै प्रदेशमा सन्चालन भैरहेको यो तालिम शैक्षिक सामग्री निर्माण, महत्वपूर्ण वेव साइटहरुको खोजी र प्रयोग, ग्रेड पोइन्ट औसत निकाल्ने तरिका जस्ता महत्वपूर्ण पक्षहरुमा केन्दृत भएको प्रविधिमैत्री शिक्षक समाज सुनसरीका सह सचिव लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित