बिराटनगर स्थित न्यूरो हस्पिटलले ल्यायो ‘कल न्यूरो’ सेवा

बिराटनगर / कोरोना भाइरसको रोकथामका लागि सरकारको गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श , जाँच लगायतका सेवाहरुबाट वञ्चित सेवाहग्राहीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै न्यूरो हस्पिटलले ‘कल न्यूरो’ ल्याएको छ । झण्डै एक महिना देखिको लकडाउनले अत्यावश्यक बाहेकका नियमित गर्ने जाँच गर्न कठिनाई भोगिरहेका नगरवासिका लागि न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले ‘कल न्यूरो’ सेवा ल्याएको छ ।

हस्पिटलले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन , बिरामीहरुले घरमै बसि फोन मार्फत नै बिभिन्न सेवाहरु प्राप्त गर्नसकिने उद्देश्यले ‘कल न्यूरो’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत सेवाग्राहीले मुख्य ३ सेवा — सुविधाहरु प्राप्त गर्न सकिने छन् । जस अन्तर्गत , टेलिमेडिसिन सेवा ,होम डेलिभरि मेडिसिन सेवा र होम स्याम्पल कलेक्सन(प्याथोलोजि)सेवा रहेका छन् ।

देश लकडाउनको अवस्थालाई पालना गर्दै यस , अस्पतालले टेलिमेडिसिन सेवा अन्तर्गत बिरामीहरुले घरमै बसि फोन , मेसेज मार्फत बरिष्ठ विशेषज्ञ चिकित्सकहरु संग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिने छन् । यस सेवामा बिरामीहरुले बिहान साढे १० बजे देखि साढे १२ बजे सम्म सम्बन्धीत वरिष्ठ विशेषज्ञ चिकित्सक संग स्वास्थ्य परामर्श लिन सक्ने छन् । कुन दिन ? कुन चिकित्सक संग सम्पर्क गर्ने ? र उनिहरुको फोन नम्बर हस्पिटलको फेस्बुक पेजमा प्रकाशन गरिने छ ।

यस्तै होम डेलिभरि मेडिसिन अन्तर्गत बिराटनगर महानगरपालिका भित्र घर—घरमा औषधी पुरयाउने सेवा सुचारु गरिएको छ । चिकित्सकको प्रिस्क्रिपशनको आधारमा औषधी प्रदान गरिनेछ । यो सेवाका लागि सेवाग्राहीले यस हसिप्टलको फेस्बुक पेज www.fb.com/neurohospitalofficial मा सम्पर्क गरि सेवा प्राप्त गर्न सक्नेछन् भने , +977 9852032994 नं को Whatsapp वा [email protected] mail काे माध्यमबाट प्राप्त प्रिस्क्रिप्शनको कयात अयउथ को आधारमा औषधी डेलिभरी गरिनेछ ।

यस्तै , यस ‘कल न्यूरो’ अन्तर्गत होम स्याम्पल कलेक्सन(प्याथोलोजि)सेवा समेत सञ्चालनमा आएको छ । हस्पिटलले बिराटनगर महानगर भित्र रगत,दिशा, पिसाब तथा खकारको नमुनाहरु घरबाटै संकलन गरि डिजिटल रिर्पोट प्रदान गर्ने सेवा सुचारु गरेको छ । प्रयोगशाला सम्बन्धि अधिकत्म जाँचहरुको नमुना संकलन गरिनेछ । दिर्घरोगी भई नियमित जाँच गराउनु पर्ने बाहेकले चिकित्सकको प्रिस्क्रिप्शनको क्यात ऋयउथ ,ध्जबतकबउउ वा झबष् ि को माध्यमबाट यो सेवाबाट बिरामीहरुले लाभान्वित हुनेछन् । यता हस्पिटलले औषधि वितरन र प्याथोलोजि सेवामा कुनै पनि होम डेलिभरि शुल्क लिने छैन् । घर मै सेवा प्रदान गरिरहँदा हस्पिटलले आवश्यक स्वास्थ्य सुरक्षात्मक सावधानिहरु अपनाएर सेवाग्राहीेलाई सेवा प्रदान गरिनेछ ।

अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले कोरोना भाइरसको सक्रमणको त्रास ,लकडाउनको अवस्थालाई ध्यानमा राख्दै तथा बिरामीहरुले पाउनै पेर्न स्वास्थ्य सेवालाई ध्यानमा राख्दै यस किसिमको सेवा संचालनमा ल्याएको बताए । उनले यो सेवाबाट हाललाई बिराटनगर महानगरपालिका भित्र बसोबास गर्ने सेवाग्राहीहरुले लाभान्वित हुने बताए । आउने दिनमा आवश्यक्तालाई ध्यानमा राखि सेवा विस्तार गर्न सकिने समेत डाइरेक्टर भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित