बिराटनगर स्थित कोभिड उपचार केन्द्रका लागि ६ वटा आईसीयु वेड हस्तान्तरण

माेरङ । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि आज तीन वटा गैरसरकारी संस्थाले ६ वटा आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु वेड हस्तान्तरण गरिएको हो ।

करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले ३ लाख ५९ हजारको ३ वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी) ले ३ लाख ५० हजारको ३ वटा वेड हस्तान्तरण गरेको हो । कोभिड अस्पताललाई आज इलेक्ट्रिक ३ वटा र म्यानुअल आईसीयु वेड ३ वटा हस्तान्तरण गरिएको हो ।

कोभिड १९ अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाईन युपीएस हस्तान्तरण गरेको छ । ३ लाख ६० हजारको अनलाईन युपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिएका छन् । आईसीयु वेड र अनलाईन युपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना भाईरस विरुद्ध लड्नका लागि सरकार मात्रै नभएर समाजका सवै अंगको उत्तिकै भूमिका बताएका छन् ।

यसैगरि करुणा फाउण्डेसनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्पाइनल इन्जुरी भएका ३९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको जनाएको छ । फाउण्डेसनले सामाजिक विकास मन्त्रालयलाई एक सय थान व्यक्तिगत सुरक्षा उपकरण पनि उपलब्ध गराएको बताएको छ । यसअघि फाउण्डेसनले पिपिइ १०० थान तथा कार्डिएक माेनिटर १ थान प्रदान गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित