तपाई साउदीमा हुनुहुन्छ ? कोरोनाको लक्षण देखियो, फोन गर्नुहोस् नेपाली डाक्टरलाई !

साउदी / साउदीमा रहेका नेपाली कामदारहरुमा स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या देखिएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने
साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।रुघाखोकी, ज्वरो, स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने दूतावासले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण विस्तारसँगै साउदीमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्दै उल्लेखनीय संख्यामा टेलिफोन गरेको अवस्थामा दूतावासले यसरी देखाइएका स्वास्थ्य सम्बन्धी चासो सम्बोधन गर्नका लागि नेपाली चिकित्सक डा: अनिरुद्र पाठकले सहयोग गर्ने दूतावासले जनाएको छ ।

साउदीमा हालसम्म ५ हजार ३६९ जना कोरोना संक्रमित विरामी भेटिएका छन् भने अहिलेसम्म ७३ जनाको मृत्यु भएको छ ।अहिलेसम्म थप नेपालीमा संक्रमण नदेखिएको दूतावासले जनाएको छ ।

विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ हुन ,एक अर्काबीच दुरी कायम गर्न र कुनै पनि व्यक्ति वा सरसामानलाई अनावश्यक छुने वा स्पर्श गर्ने कार्य नगर्न दूताबासले अनुरोध गरेको छ ।

डा. अनिरूद्र पाठक, जनरल फिजिसियन
ढाका मेडिकल सेन्टर, बथा, रियाद ।
टेलिफोन नम्वरः ०५४६३५६०२३

(यो नम्वरमा इमो र व्हाटसप्प पनि छ । तसर्थ आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ ) सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म र आकस्मिक अवस्था आएमा अन्य समयमा पनि फोन गर्न सकिने तथा इमो र व्हाटसप्प मा लेखि पठाउन सकिनेछ दूताबासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित