इटहरी अस्पतालमा कोरोना भाइरसको र्यापिड टेष्ट सुरु

इटहरी / इटहरी अस्पतालमा कोरोना भाइरसको र्यापिड परीक्षण सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेश वाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट गरिदै छ । आज करिव सयजनाको परीक्षण गरिने इटहरी अस्पतालका इमेरजेन्सी विभाग प्रमुख राम कुमार धमलाले बताए ।

दिउसो सम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको छ । द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । परिक्षणले एण्टीबडी देखाए पोजेटिभ र देखाएन भने नेगेटिभ हुन्छ । हाम्रो शरीरमा कुनै भाइरस प्रबेश गरेपछि शरीरले त्यस्ता संक्रमण सँग लडन प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्दछ। एण्टिबडीले जिते बिमारी भइदैन ।

तर भाइसरले जिते लक्षण देखिन थालेर विरामी परिन्छ । आरडिटि परीक्षणमा पोजेटिभ देखाए पिसिआर विधीले पून नमूना जाँच गरिन्छ । पिसिआर बिधीले नमूना जांच्दा ब्यक्तिमा भाइरसको संक्रमण भए नभएको पत्ता लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित