एक्सपर्टद्वारा अस्ट्रेलियामा रहेका विद्यार्थीहरूका लागि दुई लाख डलरको कोष स्थापना

इटहरी । एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न दुई लाख डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’को घोषणा गरेको छ ।

कोरोनाका कारण अस्ट्रेलियामा अध्यनरत अन्तर्राष्टृय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दिर्घकालिन असरलाई न्युनिकरण गर्ने उद्देश्यले सहयोग कोषको घोषणा गरिएको एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव शर्माले बताए ।

उनका अनुसार सम्भवत निजी क्षेत्रबाट सञ्चालित व्यवसायिक संगठनले कोरोनाको प्रभावपछि विद्यार्थीको हक हितका लागि गरिएको यो पहिलो राहत कोष हो ।

पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका र रोजगारी नपाएका अनि गुमाएका विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकाहरुलाई पनि मुल्यांकनका आधारमा सहयोग गरिने योजना रहेको एक्सपर्ट इटहरी शाखा प्रबन्ध निर्देशक कमल तिम्सिनाले ले बताए ।

एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजमार्फत अष्ट्रेलियाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्यनरत विद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यक्ता पुरा गर्नका लागि केही सहज होस भन्ने उदेश्यले सुरु गरिएको अभियान अन्तर्गत सहयोग आवश्यक हुनेले फाउन्डेसनको यो लिकंमा गई रजिस्ट्रेसन भर्न र सहयोग प्राप्त गर्न चाहिने योग्यता सम्बन्धि जानकारी लिन सकिने इटहरी शाखा प्रबन्ध निर्देशक कमल तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित