पाँच अस्पतालको स्तरोन्नति गरिने

महोत्तरी / कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नं २ सरकारले विभिन्न पाँच अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । ती अस्पताल ५०÷५० श्ययाका रहने मन्त्रिपरिषद्ले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराउनुभएको छ ।

त्यसैगरी बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरस्थित अस्पताललाई विशेष अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरिएको छ । यसका साथै कोरोनाको त्रासमा पनि अहोरात्र खटिरहेका नेपाल प्रहरीको मनोबल उच्च गर्न र न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई रु पाँच÷पाँच लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रदेशमा रहेका पाँच कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका हुँदा कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्न प्रत्येक कारागारलाई रु २०÷२० लाख उपलब्ध गराउने मन्त्रिपरिषद्ले बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित