धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गिरी नियुक्त

धरान / लामो समयसम्म रिक्त रहेकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको पदमा सरकारले प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्ति गरेको छ । विराट मेडिकल कलेजका मेडिकल विभागमा प्रमुख गिरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गर्नुभएको हो ।

प्रतिष्ठानको कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई विहीबार उपकुलपतिमा नियुक्ती गर्नुभएको हो । डा.गिरी मुटु रोग विशेषज्ञ समेत रहनु भएका गिरीलाई सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा बनेको सिफारिश समितिले गरेको सिफारिसलाई आधार बनाएर डा. गिरीलाई नियुक्त गरिएको हो । समितिले डा. गिरीसंगै कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल र वीपीका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मालाई सिफारिश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित