स्वास्थ्यकर्मीसँग धरान उपमहानगरले चन्दा मागिरहेको बेलामा इटहरीमा भने स्वास्थ्यकर्मीलाई तलब बराबर जोखिमभत्ता

इठहरी । स्वास्थ्यकर्मीसँग धरान उपमहानगरले चन्दा मागिरहेको बेलामा इटहरीमा भने स्वास्थ्यकर्मीलाई तलब बराबर जोखिमभत्ता दिने भएकाे छ । इटहरी उपमहानगरले इटहरीमा स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई तलब बराबरको जोखिमभत्ता दिने निर्णय गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई दोब्बर भत्ता दिइनेछ भने दोस्रो तहमा खटिने लाई ७५ प्रतिशत र तेस्रो तहमा खटिने लाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको छ ।

नगर भरी रहेका स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार खटाइने उनले जानकारी दिइन् । इटहरीमा कोरोनाको शंका लागेका मानिसलाई राख्नको लागि क्वारेन्टाइनसमेत तयार गरिसकिएको छ । छिमेकी नगर धरानका डाक्टर र स्वास्थ्यकर्मीसँग धरान उपमहानगरले चन्दा मागिरहेको बेलामा इटहरीले भने जोखिमभत्ता दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित