कोरोना संक्रमणको जोखिम न्यूनिकरण हुन नपाउदै धरानमा पुनः डेंगु संक्रमण

धरान / कोरोना संक्रमणको जोखिम न्यूनिकरण हुन नपाउदै धरानमा पुनः डेंगु संक्रमण रोगीहरु धरानका विभिन्न मेडिकल हलहरुमा औषधिका लागि आउन थालेका छन् ।

एजिप्ट एजिप्टाईको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो संक्रमण विगतका बर्षमा एक नंं प्रदेशमा भयावह अवस्थामा देखिए पनि धरानमा भने यसले महामारीको रुप लिइएको थियो । विगतमा डेंगु रोगीहरु उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा जाने गर्दथे उपचारमा आउनेको चाप थामि नसक्नु हुन्थ्यो । तर अहिले विश्वव्यापी रुपमा महामारीको रुपमा आएको कोरोनाका कारण प्रतिष्ठान कोरोनाको ल्याब टेष्टदेखि लिएर संक्रमण हुन नदिन अनेक काम गरिरहेको अवस्थामा अहिले विरामीहरु निजी अस्पताल, क्लिनिक तथा मेडिकल पसलहरुमा आउन थालेका छन् ।

धरानमा हालसम्म चार जनालाई डेंगु भएको भन्ने भनिए पनि आधिकारिक रुपमा त्यसको तथ्यांक बाहिर आउन सकेको छैन । प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा एक जना पनि डेंगु संक्रमण रोगीहरु सम्पर्कमा नआएको बताउनुभयो । उहाले अहिले कोरोना भाइरस संंक्रमणको महामारीमा प्रतिष्ठानको पूरै ध्यान त्यसतर्फ केन्द्रित भएका कारण पनि प्रतिष्ठानमा उपचार समस्या आउने ठानेर सर्वसाधारण नआएको हुन सक्ने बताउनुभयो ।

विगतमा डेंगु नियन्त्रणका लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संयुक्त रुपमा ¥यापिड रेस्पोन्स टिम गठन गरेर नै डेंगु संक्रमणलाई रोक्न लागि परेका थिए । यसपटक स्थानीय सरकार मानिएको धरान उपमहानगरपालिका समेत कोरोना भाइरसको जोखिमका कारण मुलुककले दे्शव्यापी रुपमा लगाएको लकडाउनमा अति विपन्न परिवारलाई राहत वितरण, सचेतना कार्यक्रम लगायतमा व्यस्त छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कविराज रामबाबु यादवले धरान उपमहानगरपालिकामा हालसम्म डंगुको संक्रमण १ जनाको मात्र तथ्यांक रहेको बताएको छ ।

विश्व्यापी रुपमा फैलिएको कोरोनाको संन्त्रासंगै फेरि डेंगुको महामारी पनि फैलिने सन्त्रास उत्तिकै बढेर गएको छ । यसका लागि अब सबै सचेत भएर डेंगु रोगबाट बच्ने उपायप्रति लाग्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित