नोबेलबाट कोरोनाको आशंकामा रेफर भएका बिरामीको शल्यक्रिया

विराटनगर । एपेन्डिक्सको शल्यक्रिया गर्न तयारी अवस्थामा राखिएका विरामीलाई कोरोनाको लक्षण देखिएको भन्दै नोबेल मेडिकल कलेज विराटनगरले धरान रेफर गरेको छ । अप्रेशनका लागि सबै प्रकृया पुरा गरी वेटिङ रुपमा रहेकी मोरङ पथरी शनिश्चरे– ७ की ६९ वर्षिय महिलालाई नोबेल मेडिकल कलेजले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको हो । धरानमा एपेन्डिक्सको शल्यक्रिया गरेपछि महिलाको अवस्था सामान्य छ ।

अप्रेशनको तयारी गर्दा आमाले खोकेपछि कोरोनाको आशंका गर्दै धरान रेफर गरेको उनका छोराले बताए । धरानका चिकित्सकले लैजाने वितिकै शल्यक्रिया गरेको उनले बताए । आमालाई पेट दुखेपछि विराटनगर बस्दै आएका छोराले बिहीबार नोबेल लगेका थिए । तर साझ पख रेफर गरेपछि उनले करिब ५ बजे धरान लगेका हुन । धरानमा राति नै शल्यक्रिया भएको थियो । विरामी रेफर गरेको घटना बाहिरिएपछि नोबेल अस्पतालले महिलाका आफन्त आफैले शल्यक्रियाका लागि धरान लगेको बताएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्नुपर्ने भए धरान जान्छौं भन्दै आफन्तले विरामीलाई धरान लगेको दाबि गरे । उनले विरामीको रेफर नगरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित