सबै किसिमका बिरामीको उपचारका लागि बी एण्ड सी अस्पताल २४ सै घण्टा खुल्ला : दुर्गा प्रसाई

काठमाडौं । सामान्य बिरामीलाई समेत अस्पतालहरुले उपचारमा लिन नमानिरहेको समयमा झापाको बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि २४ सै घण्टा अस्पताल खुल्ला रहेको जनाएको छ । बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै अहिले पनि २४ सै घण्टा जस्तोसुकै समस्याको पनि उपचार गर्न चिकित्सक र अस्पताल तयार रहेको बताउनुभयो ।

‘हाम्रो काम भनेकै बिरामीलाई सेवा दिने हो, रोग लागेर विरामी अस्पताल आउँदा अस्पताल भाग्ने कुरै भएन,’ निर्देशक प्रसाईले भन्नुभयो ‘हामीले २४ सै घण्टा उपचकारका लागि चिकित्सकलाई खटाएका छौँ ।’ अस्पतालमा आइसोलेसन, भेण्टिलेटर र आईसीयू सहितका सबै सेवा र दक्ष चिकित्सक भएकाले कुनै पनि रोगका विरामी उपचारका लागि अस्पताल आए जुनै समय पनि सेवा दिन अस्पताल सँधै तयार रहने निर्देशक प्रसाईको भनाई छ । उहाँले अफवाह फैलाउँनेको भ्रममा नपर्न आग्रह गर्दै बिरामी भए ढुक्क सँग अस्पताल आउन नागरिकलाई आग्रह समेत गर्नुभयो।

कोरोनाबिरुद्ध सरकारले अवलम्बन गरेको अभियानमा साथ दिन अस्पताल सँधै तयार रहेकाले नागरिकलाई यो समयमा नआति स्वास्थ्य सेवा लिन र आफ्नो पनि ख्याल गर्न अस्पतालले सुझाव समेत दिएको छ । सरकारलाई आवस्यक परेको समयमा आफ्नो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन दिन तयार रहेको यस अघिनै अस्पतालले घोषणा समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित