हेटौंँडाबाटै कोभिड १९ को परीक्षण हुने

हेटौंँडा / वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताउनुभएको छ । आज रासससंँग कुरा गर्दै मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताउनुभयो ।

उहाँले त्यहीँ स्वाब संकलन गरेर त्यहँि परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको बताउनुभयो । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटाँैंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गर्नुभयो ।

संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ । मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित