डडेल्धुरा अस्पतालमा चिकित्सक अपुग

डडेल्धुरा / डडेल्धुरा जिल्ला अस्पतालमा कूल ४२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकामा हाल तीन जनाले मात्रै काम गरिरहेका छन् । चिकित्सक बढाउन पहल भए पनि हालसम्म चिकित्सक अभाव रहेको छ ।

करार सेवामा कार्यरत दुई चिकित्सकले पनि हालै राजीनामा दिएका छन् । पारिवारिक कारण देखाउँदै उनीहरूले काम छाडेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो । डेढ साता पहिले मात्र काठमाडौँबाट आएका दुवै जना पछिल्लो समयमा कोरोना भाइसरको महामारी फैलिरहेको अवस्थामा काम नगर्ने भन्दै गएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित