कोरोनापछि चीनमा हन्ता भाइरसको आतंक, ट्वीटरमा ट्रेन्डिङ

बेइजिङ, ११ चैत । कोरोना भाइरसको संकटबाट जुधिरहेको चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएको छ । पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो ।

उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रकाशित खबरले यसबारे समाचार प्रकाशन गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

ठूलो संख्यामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । भारतमा हन्ता भाइरस ट्वीटरमा ट्रेन्डिङ पहिलो नम्बरमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित