धरान, पोखरा र नेपालगञ्जमा पनि कोरोनाको परीक्षण गरिने

काठमाडौँ / धरान, पोखरा र नेपालगञ्जमा पनि कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने सरकारले निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो ।

आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने र निर्णय कार्यान्वयन हुन केही दिन लाग्ने जनाइएको छ । त्यहाँ परीक्षण सुरु नहुँदासम्म स्वाव संकलन गरी काठमाडौँमै चेक गरिने पनि समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित