चीनले पठायो नेपाललाई चाहिने सहयोग सामाग्रीसहित आफ्नै विमान

काठमाडौं / नेपालमा नयाँ एकजना कोरोनाका संक्रमित फेला परेपछि चीनले फेरि पनि सहयोगी भाव देखाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल आउँने भएको छ । विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी पहिले नै दिएको थियो ।

त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको हो ।नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित