कोरोनाबाट १९६ देश प्रभावित, २ दिनमा २ प्रतिशतले बढ्यो मृत्यु संख्या

काठमाडौँ । विश्वलाईनै त्रसित बनाईरहेको कोरोना भाइरस (कोभिड–१९) को हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार ४,२१,४१३ मानिस कोरोना सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार अहिले विहानको आँकडामा १८,८१० जनाको मृत्यु भइसकेको छ । त्यस्तै १,०८,३८८ जना उपचारपछि घर फर्केका छन् । दुई साताअघि घर फर्कनेको सङ्ख्या र बाँकी सङ्क्रमितको सङ्ख्या झण्डै आधा आधा जस्तै थियो । तर पछिल्लो समय कोरना फैलिएका देश र सङ्ख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित