वीपी प्रतिष्ठानका नियमित सेवा दुई साता बन्द

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सम्भावित कोरोना संक्रमणबाट सावधानी अपनाउदै अत्यावश्यक सेवाबाहेकका केही सेवा दुई हप्ताको लागि बन्द गर्ने भएको छ ।

विश्वका १ सय ९० भन्दा बढी देशमा संक्रमण फैलिएको कोरना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी प्रतिष्ठानले अत्यावश्यकबाहेकका केही सेवाहरु २ हप्तासम्मकालागी बन्द गरेको हो ।

प्रतिष्ठानका अस्पताल निर्देशक एवम् कोरोना भाइरस संक्रमणका लागि बनेको ¥यापिट रेस्पोन्स टिमका संयोजक प्रा.डा. गौरी शंंकर साहले प्रतिष्ठानले सञ्चालन गर्दै आएको पेइङ्ग सेवा, नेपाल र भारतबीच भएको सहमति अनुसार भारतीय भूतपूर्व सैनिकहरुलाई प्रदान गरिने सेवा इसिएच सेवा बन्द गर्ने बताउनुभयो । उहाले तत्काल उपचार नगरादा केही समस्या नहुने बताउदै विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विभिन्न ओपिडीका १२ वटा हेल्पलाइन राखिने बताउनुभयो ।

यस्तै कोरोनाको संक्रमणको आशंकामा आएका विरामीहरुको परिक्षण टेकुमा गराउदा रिपोर्ट ढिलो आउने थप समस्या बीपीमा रहेको अवस्थामा अब भने कोरोनाको टेष्ट पनि प्रतिष्ठानमा गरिने भएको उहाले जानकारी दिनुभयो । उहाले परिक्षणको लागी ल्याबलाई तयारी अवस्थामा राखेको बताउदै परिक्षण किट आएपछि प्रतिष्ठानमै कोरोनाको परिक्षण हुने बताउनुभयो ।

प्रतिष्ठानले कोरोना संक्रमणका विरामीलाई सहज रुपमा उपचार गराउन सकियोस भन्ने अभिप्रायले भेन्टिलेटर सहितको २० बेडको कोरोना आइसियु विस्तार गर्ने भएको छ । यसैगरी कोरोना संक्रमणको सम्भावित लक्षण देखिएकाहरुलाई हेल्पडेक्सबाट थप उपचारकालागी व्यवस्थापन गर्ने निर्णय गसमेत गरेको छ । बिरामीलाई घरैमा बसेर विशेषज्ञको परामर्श सेवा दिनकोलागी १२ वटा हेल्पलाइन टेलिफोन सेवा सुरु भइसकेको प्रा.डा. साहले बताउनुभयो बताउनुभयो ।

प्रतिष्ठानले कोरोनाको सम्भावित संक्रमणको जोखिमलाई सहज रुपमा व्यवस्थापन गर्न अस्पतालमा बिरामीको लाइनलाई एकअर्कामा १ मिटरको दुरी कायम राख्ने, धरान उपमहानगरपालिका र रेडक्रसको सहयोगमा होम आइसोलुसन र क्वारेन्टाइनमा लैजाने–ल्याउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित