बेलबारीमा १५ बेडको आइसोलेशन वार्ड तयार

बेलबारी । कोरोना भाईरसले बिश्वमा महामारीको रुप लिईरहेका बेला सो भाईरसबाच बच्न पुर्व तयारी स्वरुप मोरङको बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेशन वार्ड तयार गरेको छ ।
नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा आइसोलेसन तयार पारेको हो । विश्वब्यापी बनेको कोरोनो भाइरसका लागि पुर्व तयारी अबस्थामा आइसोलेसनको वार्ड तयार पारेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पुर्वतयारीमा हामी बसिरहेका छौँ मेयर सुवेदीले भने कोरोनाको लक्षण देखिए आइसोलेसनमा राखेर निगरानी गर्छौ । आधदर्जन भन्दा वढि स्वास्थयकर्मी समेत आइसोलेन वार्डमा राखिने मेयर सुवेदीले बताए ।

बिहिबार नगर कार्यापालिकाको वैठक बसि १५ बेडको आइसोलेशन वार्ड संचालन गर्ने निर्णय गरेको थियो । निर्णयको २४ घन्टा नबित्दै आइसोलेन तयारी गरीएको समेत उनले बताए । प्रदेश एकमै पहिलो पटक बेलबारी नगरपालिकाले आइसोलेसन वार्ड संचालमा ल्याएको मेयर सुवेदीले बताए । टोल टोलमा सचेतना सम्बन्धी कार्यक्रम गरीने समेत उनले बताए । इसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए तुरुन्तै अस्पतालमा रेफर गर्नका लागि समेत नगरपालिकाले सहकार्य गरीरहेको मेयर सुवेदीले बताए । उनले बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान तथा अन्य अस्पतालहरुमा तुरुन्तै रेफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए ।

१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्ने, निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु । यस्तै रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने,नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्न अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने ,फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने यस वाट बच्ने उपायहरु हुन ।

प्रतिक्रिया

सम्बन्धित