पर्यटक आउन छाडेपछि व्यवसायीलाई ऋणको चिन्ता

विराटनगर । कोरोना भाइरसको प्रभावका कारण प्रदेश १ का पर्यटकीय क्षेत्रमा आगन्तुकहरूको संख्या घटेको छ । चीनको बुहानसहरबाट फैलिएपछि विश्वव्यापी रूप लिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रदेश १ का पर्यटकीय क्षेत्र सुनसान छन् । भेडेटार, धरान, चतरा, इलाम, कोशी टप्पूलगायत पर्यटकीय क्षेत्रमा सुनसान छन् । कोरोना भाइसका कारण पर्यटकीय क्षेत्रका होटलसँगै होमस्टे पनि खाली छन् ।

आन्तरिक पर्यटकको घुइँचो लाग्ने धनकुटाको भेडेटार सुनसान छ । ग्राहक आउँदैनन्, बैंकको ऋण तिर्न समस्या भयो,’ होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्, ‘भेडेटारमा दैनिक ५ हजार पर्यटक आउँथे, अहिले सुनसान जस्तै छ ।’ भेडेटारका होटलहरूमा भएका बुकिङ पनि रद्द हुन थालेको राईले बताए । चियाको राजधानी भनेर चिनिने इलाम, कोशी टप्पु, चतरामा पनि आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ । इलामको कन्याम आउने पर्यटकहरूको संख्या पनि घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित