यसरी कोरोना भाइरस संक्रमणबाट बच्न सकिन्छ, जनचेतनाका लागी सक्दाे सेयर गर्नुहाेस्

काठमाडौं । विश्वभर कोरोना भाइरस फैलिए पछि नेपालीलाई पनि त्यसको त्रासमा छन्। उत्तरी छिमेकी चीनमा ३२२६ जनाको मृत्यु भैसकेको छ भने दक्षिणी छिमेकी भारतमा पनि १६२ को हाराहारीमा संक्रमित देखिएका छन्। भने भारतमा ३ जनाको मृत्यु भएको छ। नेपालमा भने अहिलेसम्म एक जनामा संक्रमण देखिए पनि उनी उपचार पछि घर फर्केका छन्।

नेपालको समग्र स्वास्थ्य प्रणाली पनि अपेक्षित मात्रामा सबल नहुँदा आम मानिसमा यस भाइरसलाई लिएर त्रास फैलिएको देखिन्छ। आवश्यक सूचना र सचेतनाको अभावमा मानिसहरुमा यो रोगसँग सम्बन्धित थुप्रै भ्रमपनि व्याप्त छन्। कोरोना भाइरस रुघा खोकी गराउने सामान्य भाइरस भए पनि बीच बिचमा आनुवांशिक गुण परिवर्तन गर्ने गर्छ र एकै पटक धेरै मान्छेमा संक्रमण गर्ने गर्दछ। सामान्यतया संक्रमित व्याक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने खकार जन्य पदार्थहरु नजिकै रहेको व्याक्तिले स्वाश्प्रश्वाश मार्फत ग्रहण गर्दा यो भाइरस सर्ने गर्दछ।

त्यसगरी संक्रमित व्याक्तिको शरीरबाट निस्केको विभिन्न खाले तरल पदार्थ रहेको रुमाल कपडा लगायतका समानबाट पनि सर्ने खतरा रहन्छ। संक्रमित व्याक्ति वा उसको शरीरबाट निस्केको तरल पदार्थ नाङ्गो हातले छोई, हात सफा नगरी नाक, कान, आँखा वा मुखमा हात लैजाँदा पनि यो भाइरस सर्ने गर्दछ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्याक्ति अलिक छिट्टै संक्रिमत हुने खतरा रहन्छ । उच्च ज्वरो, खोकीको मात्रा बढ्ने, टाउको दुख्ने, श्वासप्रस्वास दर बढ्ने, निमोनियाको जस्तै लक्षण देखिने, छाती दुख्ने र कहिले काँही छातीमा संक्रमण देखिने जस्ता लक्षण देखिने यो रोगको मृत्युदर भने ३ प्रतिशत रहेको छ।

यो रोगको संक्रमणबाट बच्न तल दिइएका सुरक्षाका उपायहरु अपनाउने हो भने धेरै हदसम्म जोगिन सकिन्छ :

-२० सेकेन्डसम्म साबुन – पानी वा ह्यान्ड सेनिटाइजर प्रयोग गरि नियमित रुपमा हात धुने

– खोक्दा, हाच्छ्युँ गर्दा रुमाल वा डिस्पोजेवल टिस्यूले नाक र मुख छोप्ने

– यदी टिस्यू छैन भने पाखुराले मुख छोप्ने

– प्रयोग गरिसकेका टिस्यू, रुमाल डस्टविनमा फाली राम्रोसंग डिस्पोज गर्ने

– हात नधोइकन नाक, मुख, आँखामा नछुने

– साथीसँग भेट्दा हेण्ड चेक/ अंकमालको सट्टा नमस्कार गर्ने

– फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा बस्ने वा कम्तिमा १ मिटरको दुरी कायम गर्ने

-व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने

– मासु/ अण्डा राम्रोसँग पकाएर मात्र खाने

– घर बाहिर निस्कदा मास्क प्रयोग गर्ने

– भिडभाडमा नजाने

– बिरामी अवस्थामा घरमै आराम गर्ने, बाहिर ननिस्किने

कोरोना भाइरस के हो? कसरी सर्छ ? र रोकथाम कसरी गर्न सकिन्छ? यसका भ्रम र यथार्थबारे नागरिकन्यूजका लागि प्रशान्त लामिछाने र कमल सुवेदीले कन्सल्टेन्ट फिजिसियन डाक्टर खेमराज भुसालसंग कुराकानी गरेका थिए, भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् । नागरिकबाट।

प्रतिक्रिया

सम्बन्धित