सुनसरीमा एसईई परीक्षाको तयारी पुरा, १३ हजार विद्यार्थी सहभागि हुदै

इनरुवा / माध्यमिक शिक्षा परीक्षा एसर्ईईमा सुनसरीबाट १३ हजार ६९ जना विद्यार्थी सहभागि हुदै छन् । सुनसरीमा एसईई परीक्षाकालागि ४८ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ इनरुवा सुनसरीका अनुसार एसईई परीक्षामा नियमित तर्फ १२ हजार ७ सय २६ र अपग्रेड तर्फ ३ सय ४३ जना परिक्षार्थीले सहभागिता जनाउँदै छन् ।

इकाई प्रमुख रमेशबहादुर दाहालका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ६ हजार ६ सय ३६ विद्यार्थीले परीक्षा दिदैछन् । त्यसैगरी सुनसरीमा रहेका संस्थागत विद्यालयहरुबाट नियमित तर्फ ६ हजार १ सय ५९ परिक्षार्थी एसईईमा सहभागि हुँदै छन् । परीक्षामा सामेल हुने नियमित प्राविधिक तर्फको विद्यार्थी संख्या भने २ सय ३१ रहेको छ । कार्यालयका अनुसार जिल्लाबाट अपग्रेड तर्फ परीक्षामा सहभागि हुनेमा सामुदायिक तर्फ ३ सय १६ जना छन् । त्यसैगरी संस्थागत तर्फका २६ र प्राविधिक तर्फ १ जना विद्यार्थीले अपग्रेड तर्फ परीक्षा दिदै छन् ।

परीक्षा दिनेमा ७ जना दृष्टिविहिन र २ जना कैदीबन्दी रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ । कार्यालयका शाखा अधिकृत निर्मल निरौलाका अनुसार ४८ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी सहित १ हजार १ सय ८४ जनशक्ति परिचालन हुँदैछ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय इनरुवाले परीक्षाको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ ।

एसईई परीक्षा चैत्र ६ गतेबाट सुरु हुँदैछ । पहिलो दिन चैत्र ६ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । एसईई परीक्षा चैत्र १७ गते सम्म चल्ने छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी परीक्षा केन्द्रमा सावधानी समेत अपनाईने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित