एसइई परीक्षा सर्न सक्ने

काठमाडौं / चैत ६ गतेबाट सुरु हुने भनिएको यस वर्षको एसइई परीक्षा सर्न सक्ने भएको छ । परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो । आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका छन्।

मन्त्री ढकालका अनुसार दुई तीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने वा नबनाउने टुंगो लाग्नेछ । उनले सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित