रेड स्टार विद्यालयको २४ औँ वार्षिकोत्सब सम्पन्न

पथरी / मोरङको रेड स्टार माध्यमिक विद्यालयले आफ्नो २४ औँ वार्षिकोत्सब भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयले कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकहरु संग खुसि साटासाट गरेर २४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यार्थीहरुले अभिभावक र अतिथिलाई मनोरञ्जन प्रदान गर्न सास्कृती नृत्य, गायन र नाटक लगायतका कला प्रस्तुत गर्दै गरेका थिए ।

कार्यक्रममा शिक्षक सरिता भट्टराईले सहजीकरण गर्नु भएको प्रविधिको सहि सदुपयोग गर्न नसक्दा पढाईका साथै सामाजिक जिवनमा कस्तो नकारात्मक असर पर्न सक्छ भन्ने सन्देश मुलक नाटक “प्रविधिको दुरुपयोग” प्रस्तुत गरीएको थिए । कार्यक्रममा विद्यालयले परिक्षामा उत्कृष्ट हुने विद्याथी, खेलकुद उत्कृष्ट हुने विद्याथी उत्कृष्ट शिक्षक, अभिभावक लगायतलाई समेत सम्मान गर्दै पुरस्कृत गरेको छ । सोही क्रममा अभिभावकहरु विचमा विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिएको र सो खेलकुदमा विजयी अभिभावकहरुलाई समेत पुरस्कृत गरिएको विद्यालयको थियो ।

कार्यक्रममा प्रीन्सिपल टि एन तिम्सिनाले स्कुललको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख दिलिप कुमार राईले किताबी ज्ञानको अलवा ब्यावहारीक शिक्षामा जोड दिन सबै बिध्यालयहरुलाई अनुरोध गर्दै रेड स्टार मा. वि ले नगरमा शिक्षाको ज्योती छर्दै २४ औं बशन्त पार गरेकोमा शुभकामना ब्याक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित