भूपू सैनिक बिद्यालयले मनायो २२ औँ वार्षिकोत्सव

पथरी / मोरङको पथरी शनिश्चरेमा रहेको एक मात्र गुठि बिद्यालय भूपू सैनिक अंग्रेजी स्कुलले आफ्नो २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ । मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र उत्कृष्ट विध्यार्थी सम्मानका साथ सांस्कृतिक कार्यक्रम गरी वार्षिककोत्सव भव्य रुपमा मनाएको हो ।

२२ औं वार्षिकोत्सवको अवसरमा १२ लाखको लागतमा निर्माण भएको मन्टेस्वरी भवनको उद्धघाटन प्रमुख अतिथि १ नम्बर प्रदेश सांसद सुयर्माराज राईले उद्घाटन गर्नुभयो । भूपू सैनिक अंग्रेजी बिद्यालय नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो ।बिद्यालयले पथरी शनिश्चरे नगरको पहिचान गराउने समाजका विशिष्ट ब्याक्ती हिन्दू धर्मको पहिलो महिला महामण्लेश्वर हेमानन्द गिरी, शैक्षिक अभियन्ता प्रदिपकुमार राई, कलापेन्टर सरोजा खड्गीलाई स्कुलले सम्मान गरेको थियो । स्कुलका गुठियारहरू रुद्रबहादुर गुरुङ, प्रेम चोम्वाङ, प्रेमकुमार गुरुङलाई पनि सम्मान गरिएको छ । यसैगरी असल अभिभावक तारा लावती, रमेश कोइराला, गोपाल नेपाल र शुभचन्द्र राई असल शिक्षकको रुपमा भवानी तिम्सिना र शान्ती मगरलाई सम्मान गरेको छ ।

कुलबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश १ का सांसद सुयर्माराज राई, संविधानसभा सदस्य चण्डिप्रसाद राई, प्रदेश सांसद कृष्ण कुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, हेमानन्द गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतीक कार्यक्रममका साथ गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । विद्यालयको गत शैक्षिक सत्रमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित