इटहरीकाे पिसजाेन स्कुलमा भिम पाैडेलकाे गेस्ट लेक्चर

इटहरी / इटहरी स्थीत पिसजाेन आवसिय माध्यमिक विध्यालयले इटहरीका चर्चित व्यावसायी तथा उद्याेग बाणिज्य संघका अध्यक्ष भिम पाैडेल लाइ ल्याएर विषेश गेष्ट लेक्चर सम्पन्न गराएकाे छ । विद्यालयका सह-प्रधानध्यापक विनय दाहालका अनुसार व्यावसायी पाैडेलले विद्यार्थीहरू लाइ पढाइमा रूचि जगाउन आफुले व्यवसाय क्षेत्रमा हासिल गरेकाे अनुभव सुनाए । उनले गरेकाे मिहेनत र अथक प्रयासले आज उनी एक सफल व्यवसायी भएकाेले ल्रक्ष्य हासिल गर्न कठा मिहेनत गर्नु पर्ने भन्दै पाैडेलले विद्यार्थीहरूलाइ प्राेत्साहान गरेका थिए ।

इन्टरनेशनल स्कुल अवार्ड जित्न सफल भएको पिसजोन आवासीय माध्यमिक विद्यालय इटहरीको पुरानो विद्यालय हो । दक्ष र अनुभवी शिक्षक रहेको यस बिद्यालयले पढाई सँग सँगै अन्य क्रियाकलापमा पनि अग्रसर रहँदै आएको छ । विद्यार्थीहरूलाइ किताबी ज्ञानमा मात्र सिमित नराखी व्यवहारीक ज्ञान तथा सिप सिकाइ विद्यार्थीकाे चाैतर्फी विकास गराउन स्कुलले विभिन्न खाले कार्यक्रमहरूकाे आयाेजना गर्दै अाएकाे छ । हाम्राे समाजमा रहेका केहि उदाहरणीय व्यक्तीहरूबाटगेष्ट लेक्चररका सेसनहरू गराउँदा विद्यार्थीहरूले नयाँपन महसुस गर्नुका साथै पठाइमा हाैसला मिल्ने स्कुलका प्रधानाध्यापक केशवप्रसाद भट्टराई बताए ।

प्रतिक्रिया

सम्बन्धित