विद्यालयमा वार्षिक उत्सव, भेला नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको वार्षिक उत्सव, सभा, अभिभावक भेला नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउनका लागि भेला नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

मन्त्रालयमा आज नेपाल शिक्षक महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहितको बैठकले सार्वजनिक ठाउँमा कोरोना भाइरस बढ्ने सम्भावना भएकोले सर्तकता अपनाउन विद्यालयमा भेला नगर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार विद्यालयलाई कक्षा १ देखि ९ सम्मको परीक्षा चाडै नै सञ्चालन गरी आगामी चैत्र ५ गतेभित्र सक्ने समेत भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित