सेताे बङ्गलाले यसरी मनायाे १३ औं वार्षिकोत्सब

इटहरी / इटहरी उपमहानगरपालिका – ४ मा रहेकाे सेतो बङगला एकेडेमीको १३ औं वार्षिकोत्सब अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यालयकाे प्रङगणमा भएको बार्षिकोत्सव समारोहकाे विधिवत रुपमा उद्घघाटन प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष विष्णुप्रसाद काेइरालाले गरेका थिए । उनले विगत १३ वर्ष देखी संघर्षका साथमा अघि बढ्दै आफ्ना विविध शैक्षिक गतिविधि प्रस्तुत गदै समाजमा शिक्षाको ज्योति तथा चेतना फैलाउनमा यस सेताे बङ्गला एकेडेमीले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । अध्यक्ष काेइरालाले अबको शिक्षा प्रणाली समय अनुकुल तथा व्यवहारिक हुनु पर्ने उल्लेख्य गरे ।

अभिभावक दिवसकाे अवसरमा बर्ष भरिका उत्कृष्ट विधार्थीहरुलाई हाैसला स्वरुप पुरस्कार वितरणकाे कार्यक्रम समेत गरिएको थियाे । कार्यक्रममा विधार्थी भाईबहिनीहरुकाे मनाेरन्जन मूलक तथा अाकर्षक लाेक र अाधुनिक नृत्य , फेसन तथा प्रतिभा प्रस्तुतको कार्यक्रम भएको थियो ।

वार्षिकोत्सब समाराेमा विधालयका प्रवन्ध निर्देशक कविता लम्सालले स्वागत मन्तव्य ब्यक्त गर्दै सेताे बङ्गाला एकेडेमीकाे वारेमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेकी थिइन । उनले सेताे बङ्गलाले किताबी ज्ञान सँगै विद्यार्थीहरुकाे जीवन बाँच्ने कला प्रदान गरेर अावश्यकताकाे महसुस गरि ध्यान याेग समेत सिकाउँने गरेकाे बताइन ।

कार्यक्रममा विधालका संस्थापक अध्यक्ष विक्रमश्री ले विधालयकाे वारेमा एेतिहासीक जानकारी प्रस्तुत गरेका थिए । उनले १३ बर्ष अगाडी समान्य अवस्थाबाट शुरु गरिएको सेताे बङ्गला एउटा शैक्षिक अभियान (पहिलो वालमैत्री स्कूल) निरन्तर प्रगति पथमा अघि बढेको बताए ।

समारोहमा वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले सेताे बङ्गला एकेडेमीले समाजमा रहेर शिक्षाक्षेत्रमा पु- याएकाे याेगदान तथा समसामयिक विषयवस्तुकाे वारेमा मन्तव्य व्यक्त गरेका थिए । सेतो बङगला एकेडेमीको वार्षिकोत्सब समाराेह विद्यालय संचालन समिति सदस्य कृष्णविनाेद लम्सालकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित