त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत प्रदेश एकका विद्यार्थी संगठित

काठमाडौँ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा अध्ययनरत प्रदेश नं. १ का विद्यार्थी संगठित भएका छन् । प्रदेशका १४ वटा जिल्लाका विभिन्न गाउँ र शहरबाट त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीको एकता, सहकार्य र रचनात्मक कार्य गर्नकालागि सबै विद्यार्थीहरुलाई एकिकृत गर्ने प्रयास थालिएको एमएड दोश्रो सेमेष्टर अध्ययनरत तेह्रथुमका मनकुमार फोम्बोले बताए । विद्यार्थीहरुको भेलाले रोहित काफ्लेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रोशन राना र भक्तिप्रसाद रेग्मी, सचिवमा भविशंखर राई, सहसचिवमा देव लिम्बु, सुरक्षा निरौला र अशिम आचार्य तथा कोषाध्यक्षमा सपना ताजपुरिया चयन भएका छन् । यस्तै भेलाले सांस्कृतिक तथा साहित्य विभाग प्रमुखमा विपिन विक, खेलकुद विभाग प्रमुखमा लोकेन दाहाल, प्रचार प्रसार विभागमा दिपक लिम्बु, आर्थिक विभागमा सपना ताजपुरियालाई चयन गरेको छ । समितिको सदस्यहरुमा पवन अधिकारी, प्रेक्षा राई, हिमाल खड्का, मिना कार्की, सुजन अधिकारी र युवराज कार्की सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित