पूर्वाञ्चल विश्वविद्यालय सर्ने भए पछि सुन्दरहरैंचा वासीमा खुसीकाे लहर

सुन्दरहरैंचा / लामो समयकाे प्रयास तथा संघर्षपछि पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँमा सर्ने भए पछि अहिले सुन्दरहरैंचावासी तथा उत्तरी माेरङमा खुसीकाे लहर छाएकाे छ । पुर्वाञ्चल विश्व विद्यालयकाे गोठगाउँमा पर्याप्त मात्रामा जमिन तथा भाैतिक संरचनाकाे पूर्वाधार र सुविधा भएर पनि वेवास्था गरि लामो समयदेखि विश्वविद्यालयको प्रशासनीक काम विराटनगरमा भाडाकाे घरबाट सञ्चालन भइरहेको थियो । गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयहरुले विभिन्न चरणमा आन्दोलन तथा दवाफ स्वरुपकाे कार्यक्रम समेत गर्दै आएका थिए ।

विश्वविद्यालयको कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएपछि विश्वविद्यालयको प्रशासनीक काम अब गोठगाउँबाटै हुने साथै अब विधेयक औपचारिकताका लागि राष्ट्रिय सभामा पेश हुने सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । उनले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरंगका विभिन्न स्थानीयतह हरुको हस्ताक्षर समेत विगत बर्षमै संकलन गरि दवाफका कार्यक्रमलाई अघि बढाएकाे हुँदा आफुहरुले गरेको संघर्ष अहिले सफल भएको महसुस गरेको बताए । गोठगाउँबाटै पियूकाे प्रशासनीक काम सञ्चालन हुने भएपछि स्थानीयहरुमा अहिले खुसीकाे लहर छाएकाे छ । विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि प्रयास हुँदै आएको थियो । विभिन्न समिति उपसमितिहरु बनेर संघर्ष र पहल गरेकाे भए पनि विश्वविद्यालयका पदाधिकारी तथा शिक्षाक्षेत्रमा गरेकाे अस्वाच्छ राजनीतिका कारण उपयुुक्त ठाउँकाे महत्त्व नबुझेकाेले विराटनगरबाट कार्यालय सार्न केही पक्षले मानेका थिएनन । पछिल्लो समय स्थानीय सरकार आए पछि सुन्दरहरैंचाका नगर प्रमुख ढकालले पियूकाे केन्द्रीय कार्यालय गाेठगाउँमा सार्न विशेष पहल गरेका थिए । अब पियूकाे लागि गाेठगाउँमा रहेको ८ सय ५ विगाहाको फराकिलो क्षेत्रफलबाटै विश्वविद्यालयको काम सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।

पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय विराटनगरबाट सरेर सबै काम गोठगाउँबाट हुने भए पछि स्थानियवासी तथा केही समर्थकहरुले नगर प्रमुख ढकालको खुलेर प्रसंसा गरेका छन । अन्य केहि व्याक्तीले पियूकाे केन्द्रीय कार्यालय गाेठगाउँमा सार्न पहल गरेकाे भनि कामकाे जस नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई दिएकाे सामाजिक संज्जाल तथा व्यातिगत प्रतिकृया मार्फत बुझिएकाे छ । पियूकाे केन्द्रीय कार्यालय गाेठगाउँमा आउँन आवश्यक भएको साथै यसकाे लागि सबैले आ-आफ्नाे तर्फबाट सकेकाे पहल अनि चासाेले मात्र सम्भव भएको स्थानीहरु बताउँछन । आ-आफ्नु पक्षकाे पाटीबाट राम्रो काम भएको भन्नू भन्दा पनि अब विश्व विद्यालयकाे भविष्य थप मजबुत बनाएर विकासकाे काममा सबैले हातेमालो गर्न जरुरी रहेकाे स्थानीयहरुकाे मत रहेको छ ।

विश्वविद्यालयको कार्यालय सर्ने भएपछि त्यसको खुशीयालीमा गोठगाउँ स्थित विश्वविद्यालयको मूल गेट अगाडी नगरपालिका नगर प्रमुख तथा उप प्रमुख लगायत सम्बन्धित सराेकारवालाहरुकाे बृहत् सहभागितामा स्थानीयहरुले दीप प्रज्वलन समेत सम्पन्न गरेका छन् । केहि स्थानीय सञ्चारकर्मी तथा सञ्चार क्षेत्रकाे संस्थाले समेत पूर्वाञ्चल विश्वविद्यालयकाे केन्द्रीय कार्यालय गाेठगाउँमा सार्न उपयुक्त छ भनेर समाचारलाई विभिन्न समयमा प्राथमिकताका साथ प्रकाशित गरि समाजलाई सुसुचित गर्ने काम समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित