‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव’ शुरु

भोजपुर / नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव २०७६’ सुरु भएको छ । पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् ।

मुन्दुम पदमार्गसंगै अन्य पर्यटकीय सम्भावनालाई उजागर गर्दै सिंगो प्रदेशलाई नै पर्यटकीय गन्तव्यको रुपमा विस्तार गर्न प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री राईले धराणा राखे । राईले मुन्दुम पदमार्गको व्यावस्थापकीय पक्ष, भौतिक संरचना, नक्शाकंन र विविध पर्यटकीय श्रोतसाधन पहिचानका लागि प्रदेश सरकारले रु. दुई करोड बजेट विनियोजन गरेको समेत बताए ।

१०० नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको भोजपुरको टेम्केडाँडा (मुन्दुम पदमार्ग) को पर्यटन प्रबद्र्धन गर्न र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई टेवा पु¥याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको अध्यक्ष राईको भनाई छ । फागुन १३ र १४ गते हुने महोत्सवले भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने जनाईएको छ ।

महोत्सवका अवसरमा स्थानीय साँस्कृतिक कलाकृतिको प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन, साहित्यीक भलाकुसारी तथा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम रहने महोत्सवको गाउँपालिकाले जनाएको छ । महोत्सवमा बरिष्ठ संगितकार गणेश रसिकको एकल साँझ पनि रहने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित