फुटबल खेलमा खेलाडीकाे लिङ्ग टोकिदिए पछि…..

एजेन्सी / यो अनौठो घटना फ्रान्समा हालै घटेको हो । टेरभिल्ले सहरमा गत नोभेम्बर महिनामा स्थानीय एससी टेरभिल्ले र ए एस सोएट्रिक क्लबबीच फुटबल खेल भएको थियो । निकै तनावपूर्ण रहेको खेलको समय सकिएपश्चात् दुई टिमका खेलाडिहरुबीच झगडा सुरु भयो । ड्रेसिङ रुमबाट सुरु भएको झगडाका क्रममा खेलाडीहरु गाडी पार्क गर्ने ठाउँमा पुग्दासम्म हानाहानमै उत्रिए ।

हानाहानमा उत्रिएका दुईजना खेलाडीलाई टेरभिल्ले क्लबका एक खेलाडीले छुट्टाउने प्रयास गरिरहेका थिए । तर झगडा छुट्टाउन आएका उनीमाथि सोएटि्रक क्लबका एक खेलाडी जाइ लागे र उनको लिङ्ग टोकिदिए ।

विपक्षी खेलाडीले लिङ्ग टोकिदिएपछि इन्तु न चिन्तु बनेका ती खेलाडीलाई तत्कालै अस्पताल लगाइयो । उनको लिङ्गमा १२ वटा टाँका लगाउनु परेको छ ।आफ्नो यौनाङ्गमा टोकिएको घटनामा उनले प्रहरीमा उजुरी गरेपछि लिङ्ग टोकिदिने खेलाडीलाई पक्राउ गरियो । मोसिली जिल्ला अनुशासन समितिले लिङ्ग टोकिदिने खेलाडिमाथि फुटबलमा पाँच वर्षको प्रतिबन्ध लगाउनका साथै उनको क्लब एस एस सोएट्रिकलाई २ सय युरो जरिमाना तिराएको छ ।

हुनत लिङ्ग टोकिएर घाइते भएका खेलाडीमाथि पनि सजाय भएको छ । ड्रेसिङ रुम र कार पार्किङमा समेत झैझगडा गरेको भन्दै उनीमाथि समेत आगामी जुनसम्मको लागि प्रतिबन्ध लगाइएको हो । र, उनको क्लबलाई २ सय युरो जरिमाना गरिएको छ ।
उक्त घटनामा संलग्न खेलाडीको नामचाहिँ खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित