सिद्धार्थ सेकेण्डरीकाे रजत जयन्ती सम्पन्न

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० स्थित खोर्सानेमा रहेको सिद्वार्थ सेकेन्डरी स्कुलले २५ औँ बर्षगाँठकाे अवसरमा शैक्षिक प्रदर्शनी तथा रजत जयन्ती समाराेह विभिन्न गतिविधिका साथ भव्य रुपमा सम्पन्न गरेकाे छ। रजत महाेत्सवकाे अवसरमा विभिन्न कार्यक्रमहरुकाे चरण पार गर्दे दुई दिन सम्म संचालन भएको समारोहको मुख्य उद्घघाटन नेपाल सरकार कानुन ,न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्वाहाङ्फेकाे बाहुलीबाट भएको थियाे । कार्यक्रममा बोल्दै तुम्वाहाङ्फेले निजी विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा साथै समसामयिक विषयवस्तुकाे बारेमा प्रकाश पारेकी थिईन् । उनले विद्यालयको भवन उद्घघाटन, रजत जयन्ती स्मारक अनावरण गरेकी थिईन् ।

सिद्वार्थकाे रजत जयन्ती समारोहकाे कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले तयार पारेका समाग्रीहरुकाे शैक्षिक प्रदर्शनी समेत गरिएकाे थियो । प्रीप्राइमरी तर्फ शिक्षककले तयार पारेको पाठय सामग्रीहरु तथा बिद्यार्थीहरुले गरेको प्रोजेक्ट वर्कहरु प्रस्तुत गरिएको थियो । माथिल्लो कक्षाका बिद्यार्थीहरुबाट पाठ्यक्रमसंग सम्बन्धित उपयोगि तथा व्यावहारिक सामाग्रीहरु बिषयगत रुपमा प्रस्तुत गरेका थिए । होटल म्यानेजमेन्ट बिषय अन्तर्गत कक्षा ११ र १२ का बिद्यार्थीहरुले फुड फेस्टीबलका स्टल समेत राखेर पढाइबाट सिकेका व्यवहारिक कुराहरु उतारेका थिए । कार्यक्रममा खेर जाने बस्तुहरुबाट बनाइएको समाग्रीहरु र कागजबाट बनाइएको विभिन्न खालका खेलौनाहरु समेत प्रदर्शनी गरिएको थियो । मौलिक नेपाली परम्परागत सामाग्रीहरु, विभिन्न हस्तकलाका समानहरु तथा गणित, विज्ञान, नेपाली लगायतका विषयसंग सम्बन्धितकाे शैक्षिक प्रदर्शनीले अतिथिका साथै सहभागी सबैकाे मन तानेको थियाे ।

रजत जयन्तीकाे अवसरमा सञ्चारकर्मी लगायत संस्थापक शिक्षकहरु, संस्थापक अभिभावकहरु, लामो समयसम्म सो बिधालयमा काम गरेका शिक्षक तथा कर्मचारीहरु लगायत समाजमा रहेर विभिन्न क्षेत्रमा सेवा गर्ने महानुभावहरुलाई समेत सम्मानित गरिएको थियो । समाराेहमा सिद्वार्थ स्कुलका प्रिन्सिपल अर्जुन वस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत् गर्दै विद्यालयले गुणस्तरीय शिक्षामा अझै विशेष जोड दिने बताएका थिए । २०५१ सालमा २७ जना बिद्यार्थीहरुबाट पठनपाठन शुरु गरिएको विद्यालयमा उच्च माध्यमिक तहसम्ममा १३ सय भन्दा बढीको बिद्यार्थीहरुले सुविधा सम्पन्न भवनमा गुणस्तरीय तथा व्यवहारिक ज्ञान सहित अध्ययान गरिरहेकाे वस्नेतले जानकारी दिए । उनले सिद्वार्थकाे रजत जयन्ती समाराेह विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैकाे साथ सहयाेगबाट सफलता पूर्वक भव्यताका साथमा सम्पन्न भएको जानकारी दिदै हार्दिक अभार तथा धन्यवाद समेत प्रकट गरेका थिए ।

सोही अवसरमा विधालयले विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता, अभिभावक लाई रमाइलोका लागि सांस्कृतिक कार्यक्रम लगायतका विविध गतिविधि समेत आयोजना गरेकाे थियाे । रजत उत्सवमा सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्याब्सनका पादाधिकारी, अन्य विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थी, अभिभावकहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । रजत जयन्तीको दोश्रो दिन भएको कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । विद्यार्थीहरुकाे प्रगति तथा विद्यालयकाे उन्नतिबाट अभिभावकका साथै स्थानीयहरु समेत हर्षित भएको ओझाले बताए । समारोहकाे विद्यालय व्यावस्थापन समितीका अध्यक्ष निलम ढुङानाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने सहायक प्रीन्सिपल जे बि थुलुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित