सिद्वार्थ सेकेन्डरीकाे रजत जयन्ती : मन्त्री तुम्बाहाम्फेले उद्घाटन गर्ने ( तश्विरहरू )

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० खाेर्सानेमा रहेकाे सिद्वार्थ सेकेन्डरी स्कुलले स्थापनाको २५ औं बार्षिकोत्सवकाे अवसरमा विभिन्न कार्यक्रमकाे चरण पार गर्दै आज रजत जयन्ती समाराेह तथा शैक्षिक प्रदर्शनी मनाइ रहेकाे छ । आज सिद्वार्थकाे रजत जयन्ती समाराेहकाे अवसरमा संघिय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले उद्घाटन गर्नु हुने तयारी रहेकाे प्याब्सन मोरङका जिल्ला अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिए ।

रजतमहाेत्सवका अवसरमा विभिन्न चरणका कार्यक्रम गर्दै विद्यालयले सिङ्गिङ आइडल, डान्सिङ आइडल तथा पब्लिक स्पिकिङ, कराते खेल लगायत चार दिने स्पोर्ट्स मिटका साथमा ३० भन्दा बढी खेलहरुमा प्रतिस्पर्धा समेत सम्पन्न गरेकाे छ । विधालयकाे रजत जयन्ती समाराेहमा साहित्यिक कार्यक्रम, चित्रकला कार्यशाला तथा पूर्व विद्यार्थी मिलन कार्यक्रम , आकर्षण गीत, नृत्य, प्रतिभा प्रस्तुत, मान सम्मान पुरस्कार वितरण लगायत रजत जयन्ती स्मारककाे अनावरण लगायत रहेकाे विद्यालयका सहायक प्रिन्सिपल जे वि थुलुङले बताए ।

“उत्पेरणाकाे लागि शिक्षा” भन्ने नाराका साथमा अघि बढेर गुणस्तरीय शिक्षा प्रदान गरेकाे सिद्वार्थ स्कुलले आफ्ना अतिरिक्त क्रियाकलापहरुमा समेत सुन्दरहरैँचाकै अब्बल सावित गर्दै गरेकाे स्थानियहरु बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित