चिनारी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव सम्पन्न

पथरी / मोरङको पथरीशनिश्चरेमा रहेको चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान गरी आफ्नो १० औ अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एनप्याब्सन प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठले निजि बिध्यालले देशको अर्थ तन्त्रमा ठुलो टेवा पुर्याएको बताउनुभयो ।

स्कुलका सञ्चलक सोमनाथ नेपालको सभापतित्वामा भएको कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य, कविता वाचन र प्रहसन प्रदर्शन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए । यस्तै रहेका थिए भने विद्यालयकी शिक्षिका कमला तिम्सिनाले स्वागत मन्तब्य राखेकी थिइन् । बिद्यालयले अभिभावक दिवसको अवसरमा फुटबल, टेबल टेनिस, विभिन्न दौड, म्युजिकल चेयर्स लगायतको खेलकुदको आयोजना गरिएको थियो । उक्त खेलका विजेता खेलाडीलाई कार्यक्रमका विशिष्ट अतिथिमा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुरागाइले पुरस्कृत गर्नु भएको थियो ।

बिध्यालयले सोहि अवसरमा कक्षामा उतिर्ण हुदाको उत्कट विध्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै बिध्यार्थीलाई हैसला प्रदान गर्ने विद्यालयका निर्देशक बिरेन्द्र कुमार साम्बाले बताए ।

प्रतिक्रिया

सम्बन्धित