दादुरा तथा रुबेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम

पथरी / सन् २०२३ सम्ममा दादुरा तथा रुबेला रोग निवारण गर्ने उद्देश्यका साथ फागुन देखि नेपाल सरकारले खोप अभियान सुरु गरेको छ । सरकारले सन् २०१९ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य हासिल गर्न नसकेपछि घर घरमा दादुरा रुबेला खोप अभियान थाल्ने भएको हो । स्वास्थ कार्यलय मोरङले स्थानिय पालिकाहरुमा दुई चरणमा दादुराको खोप फागुन ६ गतेदेखि २४ गते सम्म अभियान थाल्ने भएको छ ।

पथरीशनिश्चरे नगरले आइतबार एक कार्यक्रमका बिच जनप्रतिनिधि, विभिन्न संघसंस्था, विध्यालयका प्रतिनिधिहरु संग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सो अभियान अन्तरगत मोरंगको पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम गर्दै खोप केन्दको जानकारी साथै यस रोगको असर र समाधानको बारेमा स्वास्थकर्मी याम खड्काले सहजिकरण गर्नु भएको थियो । ३० लाख बालबालिकालाई खोप दिइन लागिएको यस अभियानमा दादुरा–रुबेलाको खोप पहिले लगाए पनि यो अभियानमा पुर्ण नछुटाई लगाउनु पथरीशनिश्चरे नगरपालिका सह संयोजक जगत मगरले अनुरोध गरेको छ ।

नगरमा ५ हजार ५ सय १९ जना लक्षित समूहलाई फागुन ७ गतेदखि खोप अभियान थाल्ने बताए । वडाको विभिन्न खोप केन्द्रमा १ जना स्वास्थ्यकमी र २ स्वयमसेविकाको सहायताले अभियान सञ्चालन हुने योजना नगरले तय गरेको छ । पायक पर्ने वडाको खोप केन्द्रमा खोप लगाइ अपांगता र अकालमा मृत्य हुनबाट बच्न स्वास्थ्य शाखाले अनुरोध गरेको छ । रुबेला रोग सन् २०१८ देखि नियन्त्रण भएको छ भने दादुरा रोग निवारण उन्मुख छ । नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण हुन नसकेको पथरी अस्पतालका स्वास्थकर्मी याम खड्काले बताए ।

अभियानमा देशभरका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइन्छ । नेपाल सरकारले लिएको लक्ष्य अनुसार फागुन महिनामा दादुरा रुवेला खोप अभियान शुरु भए पनि नियमित तातिका अनुसार खोप केन्द्रमा वर्ष भरि नै खोप लगाइदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित