इटहरीकाे पिसजाेन स्कुलकाे बार्षिकाेत्सव सम्पन्न (तस्विरहरू सहित)

इटहरी / इटहरी ६ मा संचालनमा रहेकाे शिक्षा विभागबाट ए ग्रेट स्तरीकरण गरिएको पिसजाेन आवासिय माध्यमिक विद्यालयकाे ३१ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस समाराेह आइतवार भव्य रुपमा सम्पन सम्पन्न भएको छ ।

विद्यालयकाे वार्षिकाेत्सव समाराेहमा प्रमुख अतिथि एन प्याब्सन प्रदेश १ का प्रमुख जयबहादुर श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमकाे विधिवत रुपमा उद्घघाटन गरेका थिए । उनले इटहरीमा लामाे समय देखि स्थापना भएर आफ्ना उत्कृष्ट शैक्षिक कार्यक्रम प्रस्तुत गर्न सफल यस विद्यालयकाे समारोहमा सहभागी हुन पाउँदा आफुलाई ज्यादै खुसि लागेकाे बताए ।

उनले कार्यक्रमलाई थप सम्वाेधन गर्दै यस क्षेत्रकाे अब्बल विद्यालयको रुपमा पिसजाेनले नयाँ शैक्षिक अवधारणा अनुसार अघि बढेर परिचित हुदै विद्यार्थी भाईबहिनीहरुलाई समाज र देशकाे असल कर्णधार बनाउंन अहम भुमिका स्थापित गरेको उल्लेख गरे । श्रेष्ठले यस महानगरमा धेरै निजी तथा सामुदायिक विद्यालयहरु संचालनमा रहेको बताउंदै शिक्षक ,विद्यार्थी तथा अभिभावककाे त्रिपक्षिय सम्बन्ध साथै स्थानीय सरकारकाे समेत साथ सहयाेगले मात्र शिक्षा क्षेत्रकाे सुधार र विकास हुने कुरामा समेत जाेड दिए ।

 अभिभावक दिवस समाराेहमा विधालयका प्रिन्सिपल केशव भट्टराईले स्वागत मन्तव्य राखेका थिए । उनले पिसजाेन आवसीय माध्यमिक विद्यालय तथा यु के काे आमरल्याण्डमा रहेको सेन्ट त्याट्रिल स्कुल बिच विभिन्न शैक्षिक कार्यक्रममा सहकार्य भएको जानकारी दिए । भट्टराईले उक्त स्कुल सँगकाे सहकार्यमा विभिन्न परियोजनाहरू सञ्चालन समेत भइरहेको बताए । विधालयका सहायक पिन्सिपल विनय दाहालले कक्षा १२ सम्मकाे पढाई सन्चालनमा रहेको विद्यालयमा ९ सय भन्दा बढी विधार्थीहरु सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा अनुसार शान्त वातावरणमा भयरहित किसिमले अध्ययनरत रहेकाे उल्लेख गरे । कार्यक्रम बोल्ने अधिकांस वक्ताहरूले पिसजाेन आवसीय मा वि शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको बताए ।

समाराेहमा विद्यालयले खेलकुद लगायत पढाइमा उत्कृष्ट विद्यार्थीहरु लाई पुरस्कार मेडल समेत वितरण गरेकाे थियाे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न भेषभुषाका साथमा जातिगत संस्कृति झल्कने आकर्षक लाेक तथा आधुनिक नृत्यहरु, मनोरन्जनात्मक प्रस्तुति प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू समेत प्रस्तुत गरेका थिए । विद्यार्थीले बजाएकाे बसुरीकाे धुर तथा चेतना मूलक बाल बिवाह शिर्षककाे भावुक नाटक साथै बेलायति अतिथि शिक्षककाे छमछम नृत्यले सबैकाे मन तानेर नचाएकाे थियाे ।

समाराेहमा युवा कवि मनु मन्जिल, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का, सेन्ट त्याट्रिल स्कुलकी प्राेजेक लिडर फ्युनाला ह्युजेजे, काेरियालि नागरीक किम सुहान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष जगदीशप्रसाद ओलीले गरेका थिए भने संचालन चन्दा खड्काबाट भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित