‘गर्लफ्रेन्ड’ ‘ब्वायफ्रेण्ड’ भेट्टाइदिने रुख ! यसरी मनाउन थालियो भ्यालेन्टाइन डे !

एजेन्सी । अन्तर्राष्ट्रिय जगतमा युवा पुस्तामा निकै लोकप्रिय भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस केही वर्षयता नेपाली युवापुस्तामा पनि लोकप्रिय बन्दै गएको छ । हरेक वर्षको फेब्रअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे मनाइने भए पनि त्यसको एक साताअघिदेखि नै उत्सव मनाउने गरिएको छ । इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइनको प्रेम प्रसंगलाई लिएर नै विश्वका विभिन्न मुलुकमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ । विभिन्न ठाउँमा विभिन्न किसिमले प्रणय दिवस मनाउनको चलनकाबीच भारतको एक कलेज अनौठो किमिसले भ्यालेन्टाइन डेको अवसरमा ‘गर्लफ्रेन्ड’ ‘ब्वायफ्रेण्ड’ एउटा रुखको पूजा गर्ने गरिन्छ ।

भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीको हिन्दु कलेजमा एउटा किकरको रुख छ । त्यस रुखलाई विद्यार्थीहरु ‘भर्जिन ट्री’ भन्ने गर्छन् । युवा युवतिहरुका लागि प्रेमको केन्द्र मानिने यो रुखको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)का दिन विशेष पूजा गर्ने गर्दछन् । प्रणय दिवसका दिन अर्थात फेब्रुअरी १४ मा यो रुखको पानीले भरिएको रातो बेलुन तथा कण्डमले सजाउने गरिन्छ । रुखलाई सजाउनुका साथै विद्यार्थीहरुले ‘दमदमी माई’को फोटो पनि सजाउने गर्दछन् । कुनै बलिउड नायिकालाई दमदमी माई बनाउँने गर्दछन् । ती नायिकाको फोटो पनि रुखमा सजाउने गर्दछन् । पूजा गरेको ६ हप्तामा ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ !

कलेजका विद्यार्थीहरुकाबीच यो पूजाका अनौठो मान्यता छ । भ्यालेन्टाइन डेमा गरिने उक्त पूजाको जो सहभागी भइ प्रसाद लिन्छन्, उसलाई ६ हप्ताभित्र ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ मिल्ने विश्वास विद्यार्थीहरुले गर्ने गरेका छन् । यदि कोही भर्जिन छ भने एक वर्षभित्र उसको भर्जिनिटी पनि भंग हुने मन्यता पनि रहेको छ । सन् २०१५ को प्रणय दिवसमा मोडल तथा बलिउड नायिका लिसा हेडनलाई ‘दमदमी माई’ बनाएको थियो भने सन् २०१४ मा नायिका दीपिका पादुकोणलाई दमदमी माईको संज्ञा दिइएको थियो । कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ? इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइन प्रेममा परेका थिए । जेलमै बस्दा जेलरकी छोरीसँग उनको प्रेम बस्यो । प्रेमविरोधी राजाद्वारा स्थापित जेलमै उनले प्रेम साटासाट गरे ।

मृत्युदण्डको सजायसँगै फाँसीको अघिल्लो दिन उनले आफ्नी प्रेमिकालाई भावविह्वल प्रेमपत्र लेखे । त्यसपछि भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । उनलाई फेब्रुअरी १४ का दिन मृत्यु दण्डा दिइएको थियो । खुला प्रेमको चुनौती दिँदै मृत्युवरण गरेका कारण सोही दिन हरेक वर्ष भ्यालेन्टाइन डे मनाउने गरिएको किंवदन्ती छ । रोममा राजा क्लाउडियस द्वितीयको शासनकालमा रोमन युवालाई प्रेममा पर्न र विवाह गरेर घरजम गर्न निषेध गरिएको थियो । उनी युद्ध गरेर रोमन साम्राज्य विस्तार गर्ने आफ्नो अभीष्ट पूरा गर्न सैनिक र राज्यका युवालाई प्रेम तथा विवाहबाट टाढा राख्न चाहन्थे । आफ्नी श्रीमती, सन्तान र प्रेमीको प्रेमका कारण युद्धमा जाँदैनन् भन्ने सोच राजाको थियो । उनले रोमका चर्चहरूमा विवाह गराउनेलाई सजाय दिने उर्दी नै जारी गरेका थिए । सैनिक र युवालाई जस्तै चर्चका पूजारी भ्यालेन्टाइनलाई यस निर्णयले विचलित तुल्याएको कारण १४ फेब्रुअरीलाई प्रणय दिवसका रुपमा मनाउने चलन चलेको मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित