माया बढाउने अचुक उपाय ‘चुम्बन’

कसैलाई माया दर्शाउन चुम्बनको प्रयोग गर्छाैं । निधारमा, गालामा वा मुखमै पनि । आमाबाबुले सन्तानलाई होस् या सन्तानले आमा बाबुलाई । हामी केटाकेटीलाई पनि अंगालो मारेर चुम्बन गर्ने गर्छाैं ।

अन्यलाई गरिने चुम्बन र आफ्नो पार्टनरलाई गरिने चुम्बनमा धेरै फरक हुन्छ । पार्टनरलाई गरिने चुम्बन अरुलाई गर्न मिल्दैन । किनकी चुम्बनका पनि धेरै प्रकार हुन्छन् । माया बढाउने एक उपाय हो चुम्बन । चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । यसलाई कसरी रचनात्मक बनाउने भन्ने आफूमा भर पर्छ

फ्रान्सेली चुम्बन – यो भावुक तरिकाको चुम्बन हो । आफ्नो घनिष्ट र मनमिल्ने साथीसँग रोमान्स गर्न चाहनुहुन्छ भने यो चुम्बन उत्कृष्ट मानिन्छ । यो चुम्बनमा जिब्रोले साथीको ओठ विस्तारै छुनुहोस् र रोमान्स गर्नुहोस् । यस्तो चुम्बनले साथीलाई मायाको उत्कृष्ट अनुभव गराउँछ ।

आइस चुम्बन– आफ्नो पार्टनरलाई चुम्बन गर्नुपूर्व ओठमा सानो बरफको टुक्रा च्याप्नुहोस् । जब चुम्बन सुरुहुन्छ तब बरफ पुरै पगाल्नुहोस् र आफ्नो पार्टनरलाई फरक चुम्बनको अनुभूति गराउनुहोस् । यसले तपाईंको प्रेममा नयाँ बहार ल्याइदिन्छ ।

एक ओठ चुम्बन– आफ्नो पार्टनरलाई प्रेम अभिव्यक्ति गर्न यस चुम्बनले मद्धत गर्छ । यो चुम्बनले ‘म तपाईंलाई प्रेम गर्छु’ भन्ने भाव अभिव्यक्त गर्छ । यो चुम्बनका लागि नजिकिएर विस्तारै ओठ छुनुहोस् । अनि विस्तारै एउटा मात्र ओठ टोक्नुहोस् । टोक्दा होस् पु¥याउनुपर्छ ताकि पार्टनरलाई नदुखोस् । यसले छुट्टै रोमान्टिक बन्न साथ दिन्छ ।

छेपारे चुम्बन-छेपारोले जिब्रो बाहिर निकालेको झै जिब्रो बाहिर निकालेर जिब्रो जिब्रोले छुने तर ओठको प्रयोग नगर्ने चुम्बन हो यो । यस चुम्बनले सार्थीलाई नयाँ अनुभूति दिन्छ । कतिपयले भने यस्तो चुम्बन नरुचाउन सक्छन्, त्यो बुझ्ने काम आफ्नो हो ।

निबेल चुम्बन-यो अली फरक खालको चुम्बन हो । आफ्नो पार्टनरको ओठ हल्का दुख्नेगरी च्याप्नुहोस् । जसले तपाईंको प्रेम गर्ने मानिसलाई हल्का दुःखोस् । यो दुःखाइले तपाईं दुई बीचको माया अझ बढ्छ । यद्यपी धेरै दुःखाउनुभएमा भने तपाईंको सम्बन्ध बर्बाद हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । प्रेमीलाई आफ्नो बसमा राख्नका निम्ति यो चुम्बन विशेष मानिन्छ ।

लिप ट्रेस चुम्बन-यो चुम्बन भने चञ्चल स्वभाव गरेका प्रेमीप्रेमीकाले रुचाउँछन् । यद्यपी एक ओठले गर्ने ट्रेस चुम्बन धेरैले मन पराउने गर्छन् । जिब्रोले बिस्तारै बीचबाट खोजेर ओठ पहिल्याएर गर्ने चुम्बनलाई लिप ट्रेस भनिन्छ । यस्तो चुम्बनले सम्बन्धलाई दीर्घकाली बनाउन तपाईंमा मद्धत दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित