‘भ्यालेन्टाइन डे’ स्पेशल: ‘भ्यालेन्टाइन’लाई गुलाब कसरी दिने ?

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नजिकिदै गर्दा गुलाबको फूलको माग पनि बढ्दो छ र यस दिनलाई प्रेम जोडीले ‘रोमान्टिक’ बनाउँन चाहन्छन् । आफ्नो प्रेम व्यक्त गर्न रातो गुलाब वा अरु कुनै चीजको प्रयोग गर्छन् प्रेम जोडी । के तपाई पनि कोही विशेषलाई गुलाफको फुल दिन चाहनुहन्छ? चाहनुहुन्छ भने यस्तो नयाँ उपाय अपनाउनुहोस्, जसले तपाईप्रति माया र विश्वास बढ्ने छ ।

१. गुलाबको फूलको गुच्छा किन्नुहोस् – ताजा र गाढा ८,१० वटा गुलाबको फुल लिनुहोस्, जसले तपाईको मायालाई दर्शाउछ ।

२. कागजको टुक्रा लिनुहोस् – आकर्षक अक्षरमा कागजमा आफ्नै हातले लेख्नुहोस्, ‘जबसम्म यो फुल ओइलाउँदैन त्यतिबेलासम्म म माया गरिरहेनछु तिमीलाई…’ । लेख्नुभएको कागज सानो र चिठीको आकारमा ढाल्नुहोस् ।

३ं जम्मा पार्नुहोस् फूललाई – सबै गुलाबको फूललाई जम्मा पार्नुहोस् । एउटा नक्कली वा प्लास्टिकको गुलाबको फूल बिचमा राखेर रातो रिबनले बाध्नुहोस् । लेखिएको नोट(चिट)लाई रातो रिबन वा फूलको बीचमा सिउरिनुहोस्, ताकि स्पष्ट देख्न सकियोस् ।

४. महत्वपूर्ण ठाउँमा भेट्नुहोस् – यस्तो ठाउँ रोज्नुहोस्, जहा तपाई र तपाईको भ्यालेन्टाइन एक–अर्कामा खुल्न सक्नुहुन्छ, जस्तै पार्क, रेष्टुरेन्ट, क्याफे आदिमा । माहोललाई व्यक्तिगत बनाउनुहोस्, ताकि विशेष महशुस होस् । केही धेरै कुरा बोल्नुअघि अब भ्यालेन्टाइनलाई गुलाबको गुच्छा दिनुहोस् ।

५. आफ्नो भ्यालेन्टाइनको अनुहार हेर्नुहोस् – जब तपाई त्यो गुलाबको फूलको गुच्छा दिनुहुन्छ, आफ्नो भ्यालेनटाइनको अनुहारमा हेनुहोस् । यदि तपाईको भ्यालेन्टाइन रोमान्टिक छ भने उनले सजिलै बुझ्नेछन्, कि तपाईको माया अनन्तका लागि हो । किनकि त्यो तपाईले बीचमा राख्नुभएको नक्कली गुलाबको फूल कहिल्यै सुक्दैन, ओइलाउँदैन भन्ने आशय बोकेको छ । यदि गम्भिर स्वाभवका छन् भने नकारात्मक तरिकाले पनि बुझ्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित