जब वेहुलीले विवाहमा सरिक हुनेलाइ प्रवेश शुल्क लिएपछि . . . .

एजेन्सी / छरछिमेक वा कोही नातेदारको विवाह छ भन्ने बित्तिकै त्यसमा सहभागी हुन सबैलाई आतुर हुन्छ । अझ विवाह घरका मानिस आफन्त, छरछिमेक, साथिभाई तथा शुभेच्छुक सहभागी हुन भनेर दिल खोलेर निम्तो दिने गर्दछन् । विवाहमा सरिक भई धेरै भन्दा धेरै आफन्तले वरबधुलाई आर्शिवाद दिउन् भन्ने चाहना हुन्छ। यसका लागी विवाहको निम्तो दिन आफै पुग्ने देखि उपहार वा नगद नल्याउन समेत अनुरोध गरीन्छ ।

केहि हाइफाइ विवाहमा कार्डसंगै लिएर आउन निर्देश हुन्छ। तर कुनै विवाहमा सरिक भए बापत् शुल्क भने लाग्दैन । तर अमेरिकाको एक विवाहमा सरिक हुन प्रवेश शुल्क लागेको छ । एक अमेरिकी युवतीले आफ्नो विवाहमा सरिक हुन निम्तालुसंग प्रवेश शुल्क लिएकि छन् । त्यो पनि साधारण शुल्क होइन, अमेरिकी ५० डलर अर्थात झण्डै ५ हजार ७ सय रुपैयाँ ।

बेहुलीको यस प्रकारको कदमका कारण अधिकाशं निम्तालु उनको विवाहमा सरिक हुन पुगेनन् । यतिमात्र होइन स्वयम् बेहुली कि बहिनी डैण्टि सीप पनि दिदीको विवाहमा गइनन् । उनले आफ्नो दिदीलाई निम्तालुबाट शुल्क नलिन सम्झाएकि थिइन् । उनले यस प्रकारको शर्तले निम्तालुको अपमान हुने बताएकि थिइन् । तर बेहुलीले यस प्रकारको सुझाव नमान्दै प्रवेश शुल्क लिन अडान लिइन् ।

आफ्नो विवाहमा आउनेसंग प्रवेश शुल्क लिनुको कारण बारे उनले विवाहमा खर्च भएको रकम असुली गर्ने र अतिथिलाई सन्तोषजनक भोजन गराउने उदेश्य रहेको बताएकि छन्। तथापी बेहुलीको यस प्रकारको निर्णयलाई लिएर धेरैले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। धेरैले सामाजिक सञ्जालमा विवाहको खर्च उठाउन नसक्ने भए ठाटका साथ विवाह गर्न नहुने तर्क गरेका छन्। आफै निम्ता गरेका निम्तालुसंग शुल्क लिनु गलत भएको र यो भद्या मजाक भएको धेरैको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित